कोरोनाबाट थप २ जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो ।

योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।

सोही समयमा २ सय १८ जना निको हुँदा अहिलेसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ । हाल देशभर ३ हजार ७१४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस