पर्सा, बारा र रौतहटका थप ११० जनामा कोरोना पुष्टि

जनकपुरधाम । पर्सा, बारा र रौतहटमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ५ सय ७६ जनाको स्वाब परीक्षण गर्दा ३० महिला र डेढ वर्षका एक बालकसहितलाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका छन् ।

वीरगन्ज महानगरपालिकाका ४९ जना, बहुदरमाई नगरपालिकाकाका ५ जना, पर्सागढी नगरपालिकाका ७ जना, पोखरिया नगरपालिकाका ४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी, बाराको कलैया उपमहानगरपालिकाकै २४ जना छन् भने रौतहटको यमुनामाई गाउँपालिका–३ का १७ जनामा संक्रमण दुखिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस