अर्थ तथा सञ्चारमन्त्री डा.खतिवडाद्वारा राजीनामा दिने घोषणा

जनकपुरधाम । अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले शुक्रबारै राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्यमा नदोहोरिने पक्का भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराए । राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय भएपछि खतिवडाले राजीनामा दिने बताए ।

राष्ट्रिय सभा सदस्यमा नदोहोरिने पक्का भएपछि डा. खतिवडाको पद शनिवारबाट स्वतः निष्क्रिय हुने छ । सोही कारण खतिवडा शुक्रवारै राजीनामा दिएर बिदा हुन लागेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस