सिमामा थप कडाई गर्न डिआईजी ब्रम्हाचार्यद्वारा निर्देशन

महोत्तरी । सशस्त्र प्रहरीका डिआईजी कृष्णभक्त ब्रम्हाचार्यले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि सिमा क्षेत्रमा थप कडाई गर्न निर्देशन दिएका छन् । शुक्रवार महोत्तरीस्थित सीमाको स्थलगत निरीक्षण गर्दै उनले आवत जावतलाई कडाई गर्न निर्देशन दिएका हुन् ।

उनले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिए । साथै राज्यले तोकेका सीमानाकाबाट औपचारीक रुपमा नेपाल प्रवेश गरेकाहरुको कन्ट्याक्ट ट्रयाकिङ्गमा ध्यान पुर्‍याउन पनि डिआईजी ब्रम्हाचार्यले निर्देशन दिए ।

निरीक्षणकै क्रममा डिआईजी ब्रम्हचार्यले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको समग्र बस्तुस्थितीको वारेमा पनि जानकारी लिए । ३८ दशमलव ४६ किलोमिटर अन्तराष्ट्रिय सीमानामा रहेको महोत्तरीमा सशस्त्र प्रहरीका ६५४ जनशक्ति परिचालित छन्‍ ।

Author:



क्याटोगरी छान्‍नुहोस