विराटनगरकी २ महिलाको काेराेनाबाट मृत्यु

विराटनगर । विराटनगरका दुई जना महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उपचारार्थ कोसी अस्पताल विराटनगरमा भर्ना रहेकी वडा नम्बर ४ कि ६४ वर्षीया र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना रहेकी वडा नम्बर ११ कि अर्की ४३ वर्षीया महिलाको मृत्यु भएको हो ।

कोशी अस्पतालमा हिजाे साँझ मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनमा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि हिजै दिउँसो आईसोलेसनमा भर्ना गरिएको थियो ।

यसैगरी, पेटछात्ती दुख्ने र श्वासप्रश्वास सम्बन्धी समस्या बढेपछि न्यूरो अस्पताल विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको महिलाको शुक्रबार साँझ नै मृत्यु भएकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस