सप्तरीमा निजी सवारी सञ्चालनमा जोर-विजोर प्रणाली लागु [यस्तो छ मापदण्ड]

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा भदौ २९ गतेमध्य रातिसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समिति सप्तरीको सोमवार बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

नगर क्षेत्रभरि अत्यावश्यक सेवा अन्तर्गतका खाद्यान्न, तरकारी र फलफूलका पसलहरु पनि विहान ५ वजेदेखि १० वजेसम्म मात्र खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार राजविराज बाहेक जिल्लाका अन्य क्षेत्रहरुमा सर्तसहित केहि सेवाहरु सञ्चालन गर्न पाउने निर्णय भएको हो ।

यसैगरी, जिल्लाभर जोर गते जोर नम्वरका तथा विजोर गते विजोर नम्वर अनुसारका निजी सवारी साधन मापदण्डको पालना गरेर सञ्चालन गर्ने र अर्को सूचना नभएसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने राजमार्ग प्रयोग गरी सञ्चालन हुने तोकिए बमोजिमका सवारी साधन बाहेक जिल्लाभरिको कुनै पनि स्थानमा राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल नगर्न पनि भनिएको छ ।

यस्तो छ थप निर्णयहरुः

Author:



क्याटोगरी छान्‍नुहोस