उच्च अदालतका चार जना उत्कृष्ट कर्मचारी पुरस्कृत हुने

जनकपुरधाम । उच्च अदालत जनकपुर राजविराज इजलासले चार जना उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ ।

उच्च अदालतले निजामती सेवा दिवश २०७७ को अवसरमा लगनशिलता, कार्यदक्षता, कार्य सम्पादन, आचरण र व्यवहारका अधारमा पुरस्कृत हुने चार जना राष्ट्रसेवक कर्मचारीको छनोट गरेको हो ।

शाखा अधिकृत महेन्द्र प्रसाद यादव, नायव सुब्बा पंकजकमार सिंह, तामेलदार भावना अधिकारी, कार्यालय सहयोगी पशुपति यादव पुरस्कृत हुने सुचीमा छनोट भएको अदालतका प्रशासन शाखाका नासु विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

कोभिड–१९ संक्रमणका कारण निषेधाज्ञा कायम रहेको परिस्थितिले पुरस्कार वितरण समारोह पछि उपयुक्त समयमा गरिने उनले बताए ।

अदालतले सार्वजनिक सूचना जारी पुरस्कार छनोटमा परेका उत्कृष्ट कर्मचारीहरुलाई हार्दिक बधाई पनि समेत दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस