संकटको बेला प्रेरणादायी भुमिकामा रहेको सप्तरी युथ नेपालका सदस्य यादवमा कोरोना संक्रमण

राजविराज, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रेरणादायी भुमिका निर्वाह गर्दै आएका ‘सप्तरी युथ नेपाल’का एक सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित क्षेत्रमा सरसफाई, किटनाशक औषधी छर्किने तथा ‘सेनिटाइज’ गर्ने कार्यमा खटिएका युथका सदस्य सुरज यादवमा संक्रमण देखिएको हो । उनी आफ्नो सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएको कुरा सार्वजनिक गरेका हुन् ।

भदौ १९ गते गराएको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको उनले बताएका छन् । ‘ प्रिय साथीहरू !, मिति २०७७।०५।१९ गते गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्,–‘चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसनमा बसेको छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’


सप्तरी युथ नेपालका उपाध्यक्ष मोहनकुमार यादव, कोषाध्यक्ष विष्णु यादव लगायतले उनलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस