धरानमा एक ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारको क्रमममा आइतवार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस