देशभर २४ घण्टामा १ हजार ४५९ कोरोना संक्रमित थपिए

२०७७ भदौ ३०
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । यसैगरी, हालसम्म ४० हजार ६३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ८ लाख ६१ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा.गौतमले जानकारी दिए ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस