बारा–२ मा साढे ६ सय मतान्तरले उपेन्द्र अगाडी

बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार उपेन्द्रले साढे ६ सय मतान्तर बनाएका छन् ।

कलैयास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको मतपरिणामअनुसार यादवले हालसम्म २ हजार ९५४ मत पाएका छन् ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २ हजार ३०४, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ४, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ४०९ मत पाएका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा करिब ६४ प्रतिशत मतदान भएको थियो । बारा–२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस