बारा–२ मा उपेन्द्रले कटाए ११ हजार मत, अन्यको कति ?

बारा –बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले ११ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार उपेन्द्र झण्डै ४ हजार मतान्तरले अगाडी छन् ।

कलैयास्थित शिक्षा तालिम केन्द्रमा सोमबारदेखि भइरहेको मतपरिणामअनुसार उपेन्द्रले हालसम्म ११ हजार ४३५ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ४६३, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार २१५ मत ल्याएका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा करिब ६४ प्रतिशत मतदान भएको थियो ।

बारा–२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस