भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७ हजार

जनकपुरधाम । भारतमा कोरोना भाइरस (कोभिड–१९) कारण पछिल्लो २४ घण्टामा १ हजार १३० जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ८७ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८७ हजार ८८२ संक्रमितको ज्यान गएको छ । भारतमा हालसम्म ५४ लाख ८७ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ८६ हजार ९६१ जनामा कोरोना पुष्टि भएको छ ।

विश्वभर ९ लाख ५९ हजारले ज्यान गुमाए

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ५९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ५९ हजार ११६ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड ९ लाख ४९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७२ हजार ५८५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस