सुनको मुल्य एकै दिन १७ सय रुपैयाँले सस्तियो

२०७७ असोज ०६
जनकपुरधाम । सुनको मूल्य एकैदिन १७ सय रुपैयाँले सस्तिएको छ । मंगलबार १७ सय रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि प्रतितोला १७ सय रुपैयाँले सस्तिएर ९५ हजार रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य पछिल्लो महिनाभरकै सबैभन्दा सस्तो हो । पछिल्लो एक महिनामा सुन ९५ हजार ८ सयसम्म झरेको थियो । सुन सस्तिँदा मंगलबार चाँदी पनि तोलाको ९० रुपैयाँ सस्तो बनेर १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस