राजविराज – सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रिय खुला अध्यक्ष कप भलिबल प्रतियोगिताकोउपाधिमाथि उदयपुरको गाईघाट टिमले कब्जा जमाएको छ ।
बडा दसैँको अवसर पारेर वडा नम्वर ३ सखडास्थित खेल मैदानमा उक्त भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । बिहीबार साँझसम्पन्न फाइन खेलमा जिल्लाको खडक नगरपालिकाको टिमलाई ३–२ ले हराउँदै उदयपुरको गाईघाट टिमले उपाधिमाथि कब्जाजमाएको हो ।
यसअघि विहान सम्पन्न सेमी फाइनल खेलमा स्थानिय छिन्नमस्ता युवा क्लब टिमलाई हराउँदै खडक नगरपालिकाको टिमकोफाइनलमा प्रवेश पाएको थियो ।
जितसॅंगै उदयपुरको गाईघाट टिमले एक लाख एक हजार नगद तथा सिल्ड तथा प्रमाण–पत्र पाएको छ भने उप–विजेता खडकनगरपालिकाले ५१ हजार नगद सिल्ड तथा प्रमाण–पत्र प्राप्त गरेको स्थानिय कपिल मुखियाले जानकारी दिए ।
फाइनल खेलको म्यान अफ द म्याच भने खडक नगरपालिका टिमका रोबिन गौतम र म्यान अफ द सिरिज रंजित यादव भएका थिए ।
प्रतियोगिता सम्पन्न भएसॅंगै आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि गाउॅंपालिकाका अध्यक्ष विद्यानन्द चौधरी लगायतकालेपुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए ।