जनकपुरधाम– नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसीमेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।
आज काठमाडौंको मूलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएइलाई आठविकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएइले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपाल अब सन् २०२४ को जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी ट्वेन्टी विश्वकपमा खेल्न पाउने छ ।
नेपाल दश वर्षपछि टी–ट्वेन्टी विश्वकपका लागि छनौट भएको हो । सन् २०१४ मा पनि नेपालले टी–ट्वेन्टी विश्वकप खेलेको थियो ।आजको खेलमा युएइले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए ।
यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुतैलेले ११ रन बनाए । युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशलमल्लले ३ विकेट लिएका थिए । उनले तीन ओभरमा ११ रन मात्रै दिएका थिए । त्यसैगरी सन्दीप लामिछानेले पनि २ विकेट लिए ।
चार ओभर बलिङ गरेकाटी–ट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल र ओमन खेल्नेछन् । सन्दीपले एक ओभर मेडन राख्दै १४ रन मात्रै दिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।
आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दश विकेटले पराजित गर्दै ओमनपनि विश्वकपका लागि छनौट भएको छ । काठमाडौंको कीर्तिपुर मैदानमा भएकोखेलमा बहराइनले दिएको १०७ रन लक्ष्य ओमनले विकेटको क्षति विना १४दशमलव १ ओभरमा पुरा गरेको हो ।
टी–ट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल र ओमन खेल्नेछन् ।