प्रहरीकै ‘सेटिङ’मा बलान नदी भएर बालुवा–गिट्टी त’स्करी

राजविराज, ८ जेठ । सप्तरीमा तस्कारीका लागि बलान नदी ‘सेफ जोन’ बनेको छ । व्यापारीहरुले नदीको बाटो प्रयोग गरेर दैनिक ५ लाखभन्दा बढी रुपैयाँ बराबरको बालुवा–गिट्टी भारततर्फ निकासी गर्दै आएको पाइएको छ ।

जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीस्थित नदी किनारमै उत्खनन् तथा आयात गरेर थुपारिएका बालुवा–गिट्टी दिनदहाडै नदीको बाटो प्रयोग गरेर दैनिक ७०–७५ ट्रली बालुवा–गिट्टी भारततर्फ पुर्याइने गरेको स्थानीयहरु बताउँछन् ।

‘बालुवा–गिट्टी तस्करी हुनु यहाँका लागि नयाँ विषय होईन, नदी किनारमै स्टोर गरि राखेको बालुवा–गिट्टी दिउँसो ट्याक्टरमा लोड गरेर भारतको सीमाना (बनरझुलीको पुलसम्म) मा पुर्याउँछ र त्यसपछि उनीहरुले आफ्नै ट्याक्टर वा ट्रक प्रयोग गरेर विक्री गर्छन्’ नाम नछाप्ने सर्तमा एक स्थानीयले भने, ‘बालुवा–गिट्टी तस्करी कार्यमा स्थानीयस्तरका मात्रै होईन, जिल्लास्तरकै प्रहरीले सघाउदै आएका छन्, अब तपाईले न्यूज लेखेपछि केही दिनका लागि तस्करी बन्द पनि हुन्छ र फेरी त्यहीँ रबैया ।’

उनकाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी हुँदै आएको छ । ‘प्रहरीलाई दैनिक ४० देखि ४५ हजारसम्म त यहीँका व्यापारीले बुझाउँने गरेका छन्, अन्य साना व्यापारीहरुले मासिक ५ देखि १० हजार रुपैयाँ बुझाउँदै आएका छन्’ उनले भने, ‘अनि व्यापारीहरु पनि निर्धक्क भएर बालुवा–गिट्टी निकासी गर्ने गर्छन् ।’

बीओपी बेल्हीका ईन्सपेक्टर हरेकृष्ण गिरीले तस्करी भइरहेको विषयमा जानकारी नरहेको बताए । ‘त्यस्तो त छैन्, रैंछ भने भोलीदेखि एउटै ट्याक्टर खोलामा देखिने छैन्’, उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर सिंहले त्यस्तो गराएको पाइए कारबाही हुने बताए । ‘यहीँ विषयमा यसअघि पनि हामीले कारबाही गर्या छौं’ उनले भने, ‘र, फेरी पनि इन्सपेक्टरलाई त्यस्तो नहोस् भनि स्पष्ट निर्देशन दिएका छौं र पनि त्यस्ता गराएको छ भने कारबाही हुन्छ, तपाई ढुक्क हुनुस् ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले त्यस्तो नरहेको बताए । ‘त्यस्तो त नहुनुपर्ने हो, छ भने गर्ने–गराउनेलाई कारबाही हुन्छ ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780