यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय [सूचीसहित]

काठमाडौं–सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा २१ निर्णय सार्वजनिक गरेकी हुन् ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा काठमाडौंका उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको छ भने बैठकले प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यस्तै, साझा प्रकाशन (सहकारी संस्था लि.) सञ्चालक समितिको सदस्यमा रमेशप्रसाद भट्टराईलाई तोक्ने निर्णय गरेको उनले बताइन् ।

बैठकले दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

2081.03.10
Author:



क्याटोगरी छान्‍नुहोस