यातायात व्यवस्था सेवा कार्यालय राजविराजबाट झण्डै दोब्बर उठ्यो राजस्व

राजविराज, १४ साउन–यातायात व्यवस्था सेवा कार्यालय राजविराजले गत वर्ष १३ भन्दाबढी राजस्व संकलन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८०/०८१ मा झण्डै दोब्बरले राजस्व संकलन गरेको कार्यालय प्रमुख कामेश्वर रोहिताले जानकारी दिए । उनका अनुसार गत वर्ष १३ करोड ८५ लाख ५८ हजार १ सय ५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

गत वर्ष कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शिर्षकमा राजस्व संकलन गरेको छ भने सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट राजस्व संकलन गरेको छ । जसअनुसार सवारीसाधन कर शिर्षकमा १० करोड ३६ लाख ४० हजार ७५ रुपैयांँ र अन्य प्रशासनिक सेवा शुल्क तथा व्यवसाय रजिष्ट्रेशन दस्तुर गरी ७८ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, यातायात क्षेत्रको आम्दानी शिर्षकमा ६ लाख २५ हजार ८५ रुपैयाँ, चालक अनुमति पत्र र सवारी दर्ता किताब सम्बन्धी दरस्तु शिर्षकमा गरी ३ करोड ३४ लाख ६ हजार २ सय ६२ रुपैयाँ तथा प्रशासनिक दण्ड, जपरिवाना र जफत शिर्षकमा ८ लाख ८ हजार २३० रुपैयाँमा राजस्व संकलन भएको जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा कार्यालयले ७ करोड ५६ लाख २५ हजार ४७५ रुपैया राजश्व संकलन गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार