काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले २० पदाधिकारी चयन गरेका हुन् । जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन, धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भए बमोजिम पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई चयन गरेका हुन् ।
यादवले पदाधिकारी, केन्द्रीय सदस्यसहित पार्टीका विभिन्न आयोगमा समेत पदाधिकारी चयन गरेका छन् ।
नेता रकम चेम्जोङलाई पार्टी सहअध्यक्षको जिम्मेवारी दिइएको छ । मृगेन्द्रकुमार सिंह यादव, राजकिशोर यादवलाई उपाध्यक्ष बनाइएको छ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका लालबाबु राउतलाई महासचिवको जिम्मेवारी दिइएको छ ।
पाँच उपाध्यक्ष, तीन उपमहासचिव, सात सचिव, एक कोषाध्यक्ष समेत चयन गरिएको छ । मनीष सुमनलाई प्रवक्ताको जिम्मेवारीमा यथावत् राखिएको छ ।
सूची–
जसपा नेपालको कार्यकारी निर्णय