सप्तरीमा हावाहुरीसँगै परेको असिना–पानीले किसानलाई ठुलो क्षति

राजविराज, १२ फागुन–सप्तरीमा आइतबार मध्यरातमा हावाहुरीसँगै परेको असिना–पानीले किसानलाई ठुलो क्षति ब्यहोर्नु परेको छ ।

राति १२ बजेदेखि २ बजेसम्म निरन्तर हावाहुरीसँगै असिना–पानी परेर जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह क्षेत्रमा किसानको नगदे बालीमा ठुलो क्षति पुगेको हो ।

भारदहका झण्डै २ सय ५० बढी किसानले गहुँ, मकै, तोरी, केरा, लसुन, प्याजसहित लगाएको तरकारी खेतीमा समेत क्षति पुगेको हो ।

स्थानीय युवा किसान श्यामकुमार राउतले गराएको जानकारी अनुसार १–१ सय विघामा लगाएको गहुँ र मकै बालीमा असिना–पानीले बर्बाद गरेको छ भने २५ विघामा लगाएको केरामा समेत क्षति पुगेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख विरेन्द्र माझीले हावाहुरी असिनाले किसानलाई क्षति पुगेको जानकारी गराउँदै क्षतिको विवरण संकलन काम अगाडि बढाएको जानकारी दिए ।

उनका अनुसार यसअघि असोजमा कोसी नदीमा आएको बाढीले क्षति पुग्दा यसक्षेत्रका किसानलाई ठुलो आर्थिक क्षति ब्यहोर्नु परेको थियो ।

स्थानीय सरकारसँग किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने बजेट नरहेकाले आवश्यक ब्यवस्था गरिदिन मधेश प्रदेश सरकार र संघ सरकारसँग नगरप्रमुख माझीले आग्रह गरे ।

तस्बिर सौजन्यः श्यामकुमार राउत/भारदह

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780