हमासले फिर्ता गर्‍यो चार बन्धकको शव (नामसहित)

काठमाडौं । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक र कैदीहरूको यो अन्तिम आदानप्रदान थियो ।

हमासले हस्तान्तरण गरेका चार बन्धकको शव अझै पहिचान हुन सकेको छैन । तर, हमासले उनीहरूको नाम सार्वजनिक गरेको छ ।

हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय साची इदान र ६९ वर्षीय इत्जिक अलग रात समावेश छन् ।

उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् । बीबीसी

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780