सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ?

काठमाडौं–शुक्रबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको कम्पन मधेश र कोशी प्रदेशसम्म महसुस भएको छ । बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प गएको थाहा पाएसँगै मानिसहरू आत्तिएर सडकमा निस्किएका थिए । भूकम्पपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले क्षति विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ ।

हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा लडेर सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदीे हात भाँचिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेका छन् । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने नभएको थापाले बताए ।

विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको उनले जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान गएको भूकम्प पछि बिहान ७ बजेर ३५ मिनेट जाँदासम्म २३ वटा परकम्प गएको छ ।

२०७२ सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको भूकम्पमा ९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने लाखौं घर र भौतिक संरचनामा क्षति पुगेको थियो । त्यतिबेला सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780