आज ‘विश्व श्रवण दिवस’ : श्रवण समस्यालाई वेवास्ता नगरौं

काठमाण्डौ, १९ फागुन । ‘सोचाइ परिवर्तन गरौंः सबैका लागि कान र श्रवण हेरचाहलाई सर्बसुलभ बनाऔं!’ भन्ने मूल  नाराका साथ आज ‘विश्व श्रवण दिवस’ मनाइँदैछ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले पहिलो पटक सन् २००७ मा ३ मार्चका दिन  विश्व श्रवण दिवस मनाएको थियो । यसको मूल उद्देश्य विश्वभर श्रवण हानी र बहिरोपनको रोकथामका साथै कान र श्रवण स्वास्थ्य सेवाहरूको प्रवद्र्धन सम्बन्धी जनचेतना फैलाउनु हो ।

‘विश्व श्रवण दिवस’ अवसरमा नेपाल वाक तथा श्रवण संघका अध्यक्ष प्रभा दवाडी र महासचिव अनिल कुमार अधिकारीले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपाली जनता, नीति निर्माता, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई श्रवण हेरचाहको महत्त्वबारे जानकारी गराउँदै श्रवणसम्बन्धी सेवाहरूको सहज पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ ।

नेपालमा लाखौ व्यक्ति कान र श्रवणसम्बन्धी समस्याबाट पीडित रहेकोले समयमै उचित जाँच, रोकथाम र उपचार गर्न सकेमा श्रवण गुमाउने समस्याबाट बच्न सकिने प्रेस विज्ञप्तिमा उल्लेख छ । यस वर्षको नाराले कान र श्रवणसम्बन्धी समस्याहरूलाई सामान्य रूपमा नलिई समयमै परीक्षण गराई आवश्यक उपचार गराउन संघले आग्रह गरेको छ ।

श्रवण समस्या रोकथाम र हेरचाह गर्न उच्च आवाजबाट बच्ने, कान सफा राख्ने, र स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने, श्रवण सहायता यन्त्रहरू, कोकलियर इम्प्लान्ट, तथा अन्य उपचार विधिहरूलाई सहज पहुँचमा ल्याउनुपर्ने, सबै नागरिकले सहज रूपमा श्रवण सेवाहरू प्राप्त गर्न सकून् भनेर सरकार र सम्बन्धित निकायहरूलाई आवश्यक नीति बनाउन समेत आग्रह गरिएको छ ।

वाक तथा श्रवण बिशेषज्ञ कम संख्यामा रहेकाले नीति निर्माता तथा सरोकारवालाहरुलाई आवश्यक पहल गर्न संघले अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780