व्यवसायीको गुनासो–चन्दा आतंक र चोरी पैठारीले थप मारमा परे

राजविराज, १७ चैत–सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले बढ्दो चन्दा आतंक र सिमानाकामा हुने चोरी पैठारीले व्यवसायीहरु थप मारमा परेको बताएका छन् ।

उनले आइतबार पत्रकार सम्मेलन गर्दै महायज्ञ र राजनीतिक दलहरुले तोकेर चन्दा माग्ने गरेको आरोप लगाएका हुन् ।

‘निरन्तर व्यापार–व्यवसाय ओरालो लागेको अवस्थामा पछिल्लो समय महायज्ञ र केही राजनीतिक दलहरुले कार्यक्रमको नाममा एक लाख रुपैयाँसम्म चन्दा माग्दा उद्योगी व्यवसायीलाई अझ समस्या भइरहेको छ’ उनले भने, ‘जिल्लाको दर्जनौं स्थानमा धार्मिक महायज्ञ गर्ने नाममा चन्दा माग्न आउनेको भिड थेग्नै सक्ने अवस्था छैन्, राजनीतिक दल पनि हाम्रो समस्या बुझ्नै चाह्दैनन् ।’

उनले ती समस्यामा प्रशासनले पनि चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे । ‘लाखौं खर्चेर गरिने कार्यक्रमका लागि अनुमति दिँदा ती कार्यक्रममा हुने खर्च कहाँबाट आउने ? भन्ने विचार गर्नुपर्छ’ उनले भने, ‘एकातिर व्यवसाय चलेकै छैन्, अर्कोतिर बैंकले ब्याजदर बढाउदा व्यवसायी दोहोरो मार खेपिरहेका छन्, त्यसमाथि चन्दा कसरी दिनु ?’

अध्यक्ष अग्रवालले सिमानाकामा हुने चोरी पैठारीले पनि व्यवसाय धरासायी बनेको बताए । ‘तस्करीका समान बजारमा छ्यापछ्यापी सस्तो मुल्यमा पाउँदा स्थानीय उत्पादनले बजार नपाउँदा उद्योग तथा व्यवसाय बन्द हुन थालेको छ’ उनले भने, ‘तस्करी नियन्त्रण गर्न सरोकारबालालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भइरहेको छैन् ।’

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणकुमार प्रधानले मिटरब्याजी पीडितको उजुरी फछ्र्यौट गर्दा प्रहरीलाई गम्भीर हुन आग्रह गरे । ‘जो वास्तविक पीडित हुन्, त्यसले न्याय पाउनुपर्छ तर अहिले उजुरी गरेका कतिपय नियत बिग्रेकाहरु पनि छन्’ उनले भने, ‘वर्षौअघि जग्गा लेनदेन गरेकाहरुको पनि अहिले जग्गाको भाउ बढेको हेर्दा नियत बिग्रेको देखिन्छ र पीडित भनेर उजुरी गर्ने गरेका छन्, त्यसमा प्रहरीले गम्भीर हुनु आवश्यक छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780