संसार हल्लाउने १४ वर्षिय क्रिक्रेटर वैभव सूर्यवंशी

मधेशलाइभ । भारतको बिहार राज्य अन्तर्गत समस्तीपुर जिल्लाको ताजपुर गाउँमा सन् २०११ को २७ मार्चमा जन्मिएका वैभव सूर्यवंशीको चर्चा यतिबेला संसारभरि चुलिएको छ ।

२८ अप्रिलमा गुजरात टाइटन्स विरुद्ध ३५ बलमा १०१ रन बनाउँदै टी–२० इतिहासमा सबैभन्दा कम उमेरमा शतक बनाएपछि उनी क्रिकेट जगतमा चर्चित भएका हुन् । हाल उनी भारतीय क्रिकेटको उदाउँदो तारा बनेका छन् । १४ वर्षको उमेरमै उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित क्रिकेटरका रूपमा परिचित भएका छन् । उनको असाधारण प्रतिभा, कडा मेहनत र पारिवारिक समर्पणको कथा युवापुस्ताका लागि प्रेरणाको स्रोत बन्न पुगेका छन् ।

वैभव एक किसान परिवारमा जन्मिएका हुन् । उनका पिता संजीव सूर्यवंशी कृषक हुन् । तर उनी आफैं पनि एक समय जिल्ला स्तरका क्रिकेट ख्लाडि थिए । क्रिकेटप्रतिको मोह सानो उमेरमै वैभवमा देखिन थाल्यो । चार वर्षको उमेरदेखि नै उनले बल र ब्याट समात्न थालेका थिए । उनको खेलप्रति गहिरो लगाव देखेर उनका पिताले घरको पछाडि सानो पिच बनाएर उनलाई अभ्यास गराए ।

आर्थिक अवस्था सामान्य थिएन । तर बुवाले सपना देखेका थिए—वैभवलाई ठूलो क्रिकेटर बनाउने । यसै सोचले उनले आफ्नो खेतको एक भाग बेचेर वैभवलाई समस्तीपुरको एक क्रिकेट एकेडेमीमा भर्ना गराए । त्यहाँ वैभवले पूर्व रणजी खेलाडी मनिष ओझाबाट प्रशिक्षण पाए । मनिष ओझाले नै वैभवको प्रतिभा पहिचान गरी उनलाई रणजी टोलीको सम्भावित सूचीमा पुर्याए ।

सन् २०२४ को जनवरीमा वैभवले १२ वर्ष २८४ दिनको उमेरमा रणजी ट्रफी डेब्यु गरे । यो उपलब्धिले उनलाई बिहारको सबैभन्दा कान्छो रणजी खेलाडी बनायो। त्यसै वर्षको सेप्टेम्बरमा उनले भारतको अन्डर–१९ टोलीबाट अष्ट्रेलियाविरुद्ध ५८ बलमा शतक बनाउँदै सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान राखे ।

बिहारको एक घरेलु प्रतियोगिता ‘रणधीर वर्मा अन्डर–१९ टूर्नामेन्ट’मा उनले ३३२ रनको नटआउट पारी खेले । यस प्रदर्शनपछि उनी “बिहारको हीरा” भनेर चिनिन थाले। यही प्रतिभाले उनलाई आईपीएलसम्म पुर्यायो ।

नोभेम्बर २०२४ मा भएको आइपीएल लिलामीमा राजस्थान रोयल्सले उनलाई १.१ करोडमा खरिद ग¥यो । १९ अप्रिल २०२५ मा उनले लखनउ सुपर जायन्ट्सविरुद्ध आइपीएल डेब्यु गरे । पहिलो बलमै छक्का हानेर २० बलमा ३४ रनको प्रभावशाली पारी खेले । त्यसपछि २८ अप्रिलमा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा १०१ रन बनाउँदै टी–२० इतिहासमा सबैभन्दा कम उमेरमा शतक बनाउने गौरव प्राप्त गरे ।

वैभवको खेलशैली संयमित, आक्रामक र स्मार्ट छ । उनलाई भारतका पूर्व कप्तानहरू सचिन तेंदुलकर, युवराज सिंह र राहुल द्रविड़ले खुलेर प्रशंसा गरेका छन् । उनीहरूले वैभवको आत्मबल, लगनशीलता र साहसिक प्रदर्शनको मूल्यांकन गर्दै भारतको भविष्यको स्तम्भ भनेका छन् ।

अन्ततः वैभव सूर्यवंशीको जीवनकथा संघर्ष र समर्पणको जीउँदो उदाहरण हो । उनले बाल्यकालमै जुन सफलता हासिल गरेका छन् । यो सफलता वैभवको मात्र होइन; त्यो उनका पिताको विश्वास, प्रशिक्षकको निर्देशन र आफ्नै अनुशासनको परिणाम हो । यदि उनी यस्तै अगाडि बढिरहे भने निकट भविष्यमा उनी भारतीय राष्ट्रिय टोलीको स्थायी सदस्य बन्ने निश्चित छ । तस्विरः इण्डिया टुडे|भारत

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780