सबैले हेर्नेपर्ने नेपाली फिल्म ‘झिल्को’

काठमाडौं, २१ वैशाख । सामाजिक विषयमा आधारित प्रभावशाली नेपाली फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका यादव भट्टराईको नयाँ चलचित्र ‘झिल्को’ शुक्रबारदेखि देशभर प्रदर्शनमा रहेको छ ।

फिल्मले पछिल्ला वर्षमा नेपाली बालबालिकामा देखिएको डिजिटल लत र त्यसले पार्ने मनोवैज्ञानिक, पारिवारिक र सामाजिक असरलाई मुख्य विषय बनाएको छ । फिल्ममा आयुषी ढकाल प्रमुख भूमिकामा देखिएकी छन् । सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

‘झिल्को’ देशभर १ सय १६ वटा शो सहित प्रदर्शनमा आएको छ । हालसम्मकै पृथक विषय समावेश गरिएको उक्त फिल्ममा छायाकार दीपक बज्राचार्य, सम्पादक निमेष श्रेष्ठ, साउन्ड तथा कलर सम्पादन श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपाने रहेका छन् ।

फिल्मको कथा निर्देशक यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रत को सहलेखनमा तयार गरिएको हो । निर्देशक भट्टराईले ‘झोला’मार्फत सति प्रथाविरुद्ध आवाज उठाएका थिए भने ‘भोर’ फिल्मले महिलाको पुनरस्थापनाको कथा बोलेको थियो । ‘झिल्को’ मार्फत उनले प्रविधिको असन्तुलित प्रयोगले बालबालिकामा निम्त्याउने मौन सङ्कटमाथि प्रकाश पारेका छन् ।

यस्तो छ कथावस्तुः

नेपाली चलचित्र ‘झिल्को’मा आजको डिजिटल युगमा बालबालिकामा फैलिरहेको डिजिटल लत र त्यसले उनीहरूको जीवनमा पारिरहेको गहिरो असरलाई मुख्य कथावस्तु बनाइएको छ । फिल्मको केन्द्रबिन्दु एक बालिका छ, जसको जीवनमा मोबाइल, युट्युब, गेम र अन्य डिजिटल प्लेटफर्महरूको अत्यधिक प्रयोगले उसको पारिवारिक सम्बन्ध, पढाइ र सामाजिक जीवनमा नकरात्मक प्रभाव पर्न थाल्छ ।

कसरी बालिका आफ्नो समय इन्टरनेट र मोबाइलमा बिताउँछे र परिवारसँगको संवादमा कमी आउँछ । यसले उसको शारीरिक र मानसिक स्वास्थ्यमा असर पुर्याउन थाल्छ, र अन्ततः परिवार र समाजमा असहज स्थिति सिर्जना हुन्छ ।
कथामा यसको समाधानको रूपमा, फिल्मले अभिभावकहरूको जिम्मेवारी, सन्तुलित डिजिटल प्रयोग र बालमनोविज्ञानको बुझाइको आवश्यकता दर्शाउँछ । निर्देशकले प्रविधिको असन्तुलित प्रयोगबाट बालबालिकामा देखिने मानसिक र सामाजिक समस्याहरूलाई खुलेर प्रस्तुत गरेका छन् ।

यस चलचित्रमा आयुषी ढकालले प्रमुख भूमिका निर्वाह गरेकी छन् । यस फिल्मको निर्देशक यादव भट्टराईले यसअघि पनि समाजिक चेतना र सन्देशमूलक फिल्महरू निर्देशन गरेका छन् । ‘झिल्को’ चलचित्र केवल प्रविधिको नकारात्मक प्रभाव मात्रै देखाउने फिल्म होइन, यो फिल्म एक चेतनाको आह्वान हो । यसले दर्शकलाई बालबालिकाको डिजिटल लत र त्यसको समाधानमा सोच्न प्रेरित गर्दछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780