राजविराज, २७ वैशाख — सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरस्थित सामुदायिक वन क्षेत्रमा एक नाबालिका माथि जबर्जस्ती करणी गर्ने आरोपमा एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
प्राप्त जानकारीअनुसार, २०८१ साल वैशाख १३ गते दिउँसो करिब १ बजेको समयमा सुरुङ्गा नगरपालिका–३ को लक्ष्मीपुर सामुदायिक वनमा एक नाबालिकामाथि करणीको घटना भएको थियो। पीडित बालिका आफ्नो आफन्त घरमा बस्दै आएकी थिइन्। आरोपितले कामको बहानामा बोलाई बालिकासँग कुराकानी गरिरहेका बेला एक्कासी यौनाङ्गमा छोइदिने र छुन खोज्ने प्रयास गरेका थिए। जब बालिकाले प्रतिकार गरिन्, त्यसक्रममा आरोपितले “जे भन्छु त्यो गर, नत्र ज्यान मारिदिन्छु” भन्दै धम्की दिएर जबर्जस्ती करणी गरेको बताइएको छ।
घटना पश्चात आरोपी फरार रहेका थिए। पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय कडरबोनाले खोजी तिव्र पारेको थियो। साल वैशाख २७ गते बिहान ९ बजेतिर सुरुङ्गा–३ स्थित बलान खोलाको किनाराबाट आरोपीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्ति सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुर निवासी १६ वर्षीय किशोर हुन्। उनीमाथि हाल जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।