‘कान्छा दाइ’को लागूऔषधको कारोबार !

रामशंकर भण्डारी
राजविराज, ५ साउन । सप्तरीको राजविराजबाट लागूऔषध बिक्री गर्दै आएको आरोपमा ‘कान्छा दाइ’ नामले चिनिने ५३ वर्षीय नारायणबहादुर कार्की पक्राउ परेका छन् । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।

राजविराज नगरपालिका–७ स्थित राज रंगशालामा पूर्वतर्फका भर्‍याङमुनिको टहरामा बस्दै आएका कार्कीको साथबाट लागूऔषध र नगद पनि बरामद भएको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

टहराबाट लागूऔषध बिक्री भइरहेको भनि गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले टहराबाट स्पास्म प्रोसिभोन प्लस तीन सय ८२ क्याप्सुल, नाइट्राजेपाम आइपी एक सय ४९ र नाइट्राभेट एक सय ५४ क्याप्सुल बरामद भएकोहो ।

त्यस्तै, ७९ वटा पोका बनाइएको ३ सय ११ ग्राम गाँजा समेत बरामद भएको डीएसपी बस्नेतले बताए । कार्की सुत्ने ओछ्यान मुनिबाट दुई लाख ५० हजार ५ सय १० रुपैयाँ नेपाली र ६ हजार ३ सय ३० भारतीय रुपैयाँ नगद समेत बरामद भएको छ ।

लागूऔषध बिक्री गरेवापतको उक्त रकम हुनसक्ने प्रहरीको अनुमान छ ।  पक्राउ परेका कार्कीमाथि लागुऔषध मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस