राजविराज, १८ साउन। जसपा नेपाल सप्तरीको कार्यसमिति चयन गर्न सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसारको कार्यक्रम स्थगित गरेको छ।
निर्वाचन समितिका संयोजकद्वारा जारी सूचना अनुसार २०८२ साउन १७ गते उम्मेदवारहरूको अन्तिम नामावली बेलुकी ५ बजे सार्वजनिक गर्ने र भोलिपल्ट १८ गते बिहान ८ बजेबाट निर्वाचन सञ्चालन गर्ने तालिका थियो । यद्यपी विशेष परिस्थितिका कारण अर्को सूचना जारी नगरेसम्मका लागि निर्वाचनसम्बन्धी सम्पूर्ण काम रोकिएको समितिले जारी गरेको सूचनामा उल्लेख छ । समितिले निर्वाचन सम्बन्धी कार्यक्रम स्थगित गर्नुको कारण स्पष्ट पारेको छैन ।
यता प्राप्त जानकारी अनुसार नयाँ तालिकाबारे निर्णय गर्न समितिको बैठक बसेको छ । उक्त तालिका जारी भएपछि स्थगन गरिएको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।
जसपा नेपाल सप्तरीका वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादवले शनिबार छुट्टाछुट्टै प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु बीच कडा प्रतिष्पर्धा रहेको छ ।
