धनुषामा तस्कर र सशस्त्र प्रहरी बीच झडप, ४ राउन्ड हवाइ फायर

जनकपुरधाम, २२ साउन । धनुषाको विदेह नगरपालिका–२ स्थित दुहवीको आँप बगैँचामा बुधबार साँझ तस्कर समूह र सशस्त्र प्रहरी बलबीच झडप भएको छ।

भारतबाट अवैध रूपमा ल्याइएका भन्सार छलीका सामग्री नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूमाथि तस्कर समूह र केही स्थानीयले ढुंगामुढा गरेका थिए।

महिनाथपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट डीएसपी शैलेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले स्थिति नियन्त्रणमा लिन एसएलआरबाट ४ राउन्ड हवाई फायर गरेको जानकारी दिएको छ।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल र केही किराना सामान बरामद गरेको छ।

image: https://pngtree.com/

Author:



क्याटोगरी छान्‍नुहोस