१५ हजार छात्राको राखीले सजिए खान सर, ९९ रुपैयाँमा क्र्याश कोर्स घोषणा

राजविराज, २५ साउन । खान सरको नामबाट विश्व प्रसिद्ध फैसल खानलाई सहोदर बहिनी नभएका युट्युबर खान सरलाई १५ हजार छात्राले राखी बाँधेका छन् ।

भारतकाे विहार राज्यकाे पटना स्थित श्री कृष्ण मेमोरियल हलमा आयोजित यस विशेष कार्यक्रममा बिहार राज्यका साथै देशका विभिन्न राज्यहरुबाट आएका छात्रा तथा प्रशंसकहरुले रक्षाबन्धनका दिन शनिवार रक्षासूत्र बाँधेका हुन् । लगातार ६ घण्टासम्म रक्षासूत्र बाँध्ने कार्य चलेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार उनको हातमा बाँधिएको राखीको तौल करिब २० किलो रहेको थियो । हात उचाल्न खान सरले सहयोगीको सहारा लिनु परेको थियो ।

खान सरलाई रक्षासूत्र बाँध्न आएकी छात्राहरुका लागि ससम्मान विशेष भोजको आयोजना गरेका थिए । उक्त विशेष भोजमा १५६ प्रकारका परिकारहरू व्यवस्था गरिएको थियो । खान सरले अनलाइनबाट अध्ययनरत विद्यार्थीहरूलाई विशेष उपहारको रूपमा ९९ रुपैयाँमा क्र्याश कोर्स घोषणा गरेका छन् । उक्त कोर्समा रेलवे, बिहार पुलिस, बैँकिङ, बीपीएससी र अन्य परीक्षाहरूको तयारी सामग्री समावेश रहेको जनाएका छन् ।

’धर्मभन्दा माथिका शिक्षक’ र ’भारतलाई विश्वगुरु बनाउन सक्ने व्यक्ति’ भनेर टिप्पणी गरेका छन् । कोचिङमा पढ्ने छात्राहरुलाई आफ्नी बहिनी भनेर सम्बोधन गरेकी छिन् । ग्लोबल स्टडिजका संस्थापक समेत रहेका खान सर भारतभरका हरेक बालबालिकालाई न्यूनतम लागतमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छन् ।

रक्षा बन्धन कार्यक्रम सुरुमा उनको कोचिङ सेन्टरमा सानो स्तरमा हुँदैआए पनि यो वर्षको रक्षाबन्धन सम्भवतः विश्वकै सर्वाधिक रहेको आँकलन गरिएको छ । देवरिया जिल्लाको एउटा सानो बस्तीमा जन्मेका फैसल खानको सपना सैनिक बन्ने थियो । फोनको क्यामेरा र एउटा पुरानो ट्राइपोड निकालेर यूट्युबमा पढाउन सुरु गरेका थिए । सस्तो इन्टरनेटमा सहज भाषा, र हाँसो मिसिएको पढाइ—भिडियो भाइरल हुन पुग्यो ।

२०२५ मा विवाह गर्दा उनले दहेज लिन अस्वीकार गर्दै कोसेलीको रुपमा माटोको घैटो, पंखा, कुरआन र केही परम्परागत उपहार मात्र लिए । खान सर केवल शिक्षक मात्र नभई गरिब, असहाय एवम् विपन्न विद्यार्थीका लागि मसिहा मानिन्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस