देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या छ सय पुग्यो

जनकपुरधाम । देशभर कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । बिहीबार पनि देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको थियो ।

यसैगरी बुधबार १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस