‘कोरोना संक्रमित व्यक्ति बाहिर हिँडडुल गरेको पाइए ६ महिना जेल हुन्छ’

जनकपुरधाम, २३ असोज । कोरोना संक्रमित भएका व्यक्ति बाहिर हिँडडुल गरेको भेटिएमा ६ महिनाको जेल सजाय हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले भने– ‘पिसिआर रिपोर्ट पोजेटिभ रहेको व्यक्तिले बाहिर हिँडडुल वा भेटघाट गर्ने गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुन्छ ।’

उनले संक्रमित पाइएको व्यक्तिलाई घरपरिवार तथा छिमेकीलाई अनुगमन गरी खबर गरिदिन् आग्रह गरे । त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई खबर गराइसकेको उनले जानकारी दिए ।

पिसीआर परीक्षणकालागि स्वाब दिइएका व्यक्तिलाई पनि अनिवार्य क्वारेन्टाइनमा बस्न प्रवक्ता डा. गौतमले आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस