राजविराज, २६ साउन । सप्तरीमा आज दिउँसो मोटरसाइकल अर्को दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
बलान बिहुल गाउँपालिका–२ दिघिया टोलकी ३० वर्षीया शान्ति कुमारी यादव सोमबार दिउँसो करिब १ बजेतिर आफ्ना तीन वर्षीय छोरा आदित्यसँगै देवर गयाप्रसाद यादवले चलाएको अनटेस्ट मोटरसाइकलमा बोदे बर्साइनबाट चन्हीतर्फ जाँदै थिइन्।
बलान बिहुल गाउँपालिका–६ सेहरा चौक नजिकै हुलाकी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भयो। दुर्घटनामा चालक गयाप्रसाद, शान्ति र आदित्य घाइते भए। घाइतेहरूलाई छिन्नमस्ता अस्पताल, राजविराज लगिएको थियो। तर मोटरसाइकल चालक गयाप्रसाद र तीन वर्षे आदित्य एम्बुलेन्सबाटै फरार भएका छन्।
अस्पतालमा शान्ति कुमारी यादवलाई मृत घोषित गरिएको छ र शव अस्पतालमै राखिएको छ। प्रहरी फरार चालकको खोजी गरिरहेको छ भने दुर्घटनामा प्रयोग भएको मोटरसाइकल प्रहरी चौकी मौवाहाको नियन्त्रणमा छ।
यसैगरी, शम्भुनाथ नगरपालिकामा पनि भएको अर्को दुर्घटनामा एक युवकको मृत्यु भएको र एक दम्पत्ति घाइते भएका छन्।