सप्तरीमा डिएसपीसहित थप ५ जनामा कोरोना पुष्टि

राजविराज । सप्तरीमा शुक्रवार प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित थप ५ कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा एक साताअघि आएका डिएसपीसहित ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले बताए ।

उनका अनुसार राजविराज नगरपालिकाका ३ र सुरुङ्गा नगरपालिका १ जनामा संक्रमण देखिएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १३ सय ६२ जना पुगेको छ ।

जसमा ११ सय ३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । कोरोनाबाट हालसम्म सप्तरीमा १९ जनाले ज्यान गुमाइसकेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस