राजबिराज नगरपालिकाका जनप्रतिनिधिहरुसँग पूर्वमन्त्री यादवकाे अपील

उमेश कुमार यादव

राजबिराज नगरपालिकाले गर्न लागिरहेको परिषद बाट बारुणयंत्र, फोहोर सफा गर्न ट्याक्टर ,शब बाहन ,एम्बुलेन्स ,किसानलाई राहत पुर्याउन विद्युतीकरण तथा किसानको कृषि महसुस को बिल भुक्तानी ,गाडिएको विद्युतको पोल मा तार जडान ,अधुरो डिप बोरिङहरुलाइ सन्चालन मा ल्याउने काम , नमूना बिधालय को कामलाई प्राथमिकता दिनुहुन अनुरोध गर्दछु ।

लुटपाट गर्ने उदेश्यले राख्ने तालीम ,संघ ,संस्था मार्फत गर्दै आएको कामलाई पुर्णतः बन्द गर्ने ,घुम्ती पुस्तकालय ,इ लाइब्रेरी ,पर्यावरण को लागि नर्सरी निर्माण ,सार्वजनिक पोखरी तथा इनार को जिर्णोधार गरि सिचाइ प्रणालीमा बिकास एबम उत्पादनमा प्रयोग ,निजी बिधालयमा छात्रवृत्ति को ब्यबस्थापन ,बिधालय भन्दा बाहिर रहेका विद्यार्थीहरु लाई भर्ना तथा त्यसको निरंतरता ,युवा स्वरोजगार तथा खेलकुद क्षेत्र लाई सम्बोधन गर्न मेरो विनम्र आग्रह छ।

फिजुल खर्च कटौती , जथाभावी कर्मचारी भर्ना ,स्वकीय सचिवहरुको कटौती ,आन्दोलनको क्रममा भएका आगजनी बाट क्षतिग्रस्त पुर्वाधार को निर्माणकार्य , खुल्ला प्रतिस्पर्धा मार्फत काम मा जोड दिन गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

गजेन्द्रनारायण सिंह को स्मृति चौक तथा सहिद दसन चौक को नयाँ ढंगले निर्माणकार्य एबम स्तरोन्नति गर्न ( पुरानो स्मृति बिर्साउने र उहाँहरु को स्मृति स्थापित गराउने हिसाबले ) ,जनयुद्ध एबम सहिद स्मृति भवन को अधुरो काम पुरा गर्न तर्फ ध्यान पुर्याउन गम्भीर हुन आग्रह गर्दछु ।

राजबिराजमा पुस्तक पसलेहरुको संयोजनमा पुस्तक मेला लगाउन आवश्यक सहयोग पुर्याउन तथा राजबिराज को प्रवेशद्वार हरु जस्तो :
मलेठ – क्याम्पस कुनौली रोड ,
कदमहा बिरौल खाडो- अदालत रोड – राम मन्दिर – खर्साल हुलाकी सडक ,
देउरी भरुवा खाडो बाध पुर्व पट्टि – झलहीहुँदै राम मन्दिर ,
हुलाकी सडक पडरिया – बुलाकी दास मन्दिर हुँदै पिपराही ,
डुमरी शिबथान राजदेवी चौक हुँदै नगरपालिका को कार्यालय –
राजबिराज -८ को कार्यालय हुँदै हुलाकी सडक खर्साल सम्म ,
कुनौली सडक – बागेश्वरी मन्दिर – खर्साल गोरिया गोठम जस्ता
अन्य शहर का भित्री तथा बाहिरी भागहरुमा

हरियाली तथा उज्यालो पार्न एबम सरसफाइगर्नको लागि आवश्यक बजेट बिनियोजन गरि ग्रीन राजबिराज ,क्लीन राजबिराज को ब्यबहारिक कार्यान्वयन गर्नु हुन आग्रह गर्दछु ।
अतिक्रमीत सार्वजनिक जग्गा छुट्याउन, बिटोरी बालाहरुको समस्या समाधान गर्न, राजबिराज को वास्तविक सुकुम्बासी को पहिचान र ब्यवस्थापन गर्न, भलुवाही कोरिडोर को अवधारणालाई अगाडि बढाउन , विभिन्न साइडमा रहेको बाटो लाई सन्चालन मा ल्याइ ट्राफिक जाम न्यून गर्न, जथाभावी मदिरा बिक्रि बितरण लाई आवश्यक ब्यबस्थापन गर्न, लागू पदार्थबाट बाट युवाहरु लाई जोगाउन एबम खेलकुद क्षेत्र सहित बौद्धिक एबम उत्पादन को क्षेत्रमा कृयाशिल गराउन एबम यहाँको व्यावसायिकहरु एबम विद्यार्थीलाई पलायनबाट रोक्न आवश्यक निति ,योजना एबम बजेट बनाएर काम को प्रारम्भ गर्ने तर्फ ध्यान दिनु हुनेछ ।

प्लास्टिकको ठाउँमा कपडा को झोला र माटोको कप प्रयोगमा ल्याउन व्यावसायि एबम उपभोक्ता लाई प्रेरित गर्न , सडक मा जथाभावी पार्किङ एबम फोहोर फाल्ने काम कडाइ का साथ नियन्त्रण गर्न, हटियाको सेड सन्चालनमा ल्याइ सडक मा हटिया लगाउने काम अन्त्य गर्न तथा घुम्ती हटिया सन्चालन मा ल्याउन आवश्यक पहल लिनु हुन आग्रह गर्दछु ।

पढदै पढाउँदै, पढदै कमाउँदै कार्यक्रम ले बिपन्न एबम दलित विद्यार्थीहरुलाइ राहत पुग्ने तर्फ ध्यानाकर्षण होस् । पुर्ण साक्षर हाम्रो नगर अवधारणा लाई कार्यान्वयनमा ल्याउन आग्रह गर्दछु ।
कतिपय कार्यक्रमहरु मा खासै बजेट लाग्दैन।आवश्यक संयोजन र जनपरिचालन र जनता लाई अपील गरेर अलि मेहनत गरे पुग्छ ।
के मेरो उपरोक्त अपील राजबिराज का नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्विकार्य छ?

Author:



क्याटोगरी छान्‍नुहोस