छिन्नमस्ता शक्तिपीठः आस्थाको धरोहर (हेर्नुहोस् १३ तस्विर)

राजविराज ।देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा सप्तरीको छिन्नमस्ता भगवती शक्तिपीठ प्रसिद्ध छ । राजविराज नगरपालिकादेखि करिब १० किलोमिटर दक्षिण भारतीय सीमावर्ती क्षेत्रमा यो शक्तिपीठ अवस्थित छ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ मा रहेको उक्त पीठ विश्वकै प्रमुख ५१ शक्तिपीठमध्येको एक मानिन्छ ।

पगोडा शैलीमा निर्मित यो मन्दिरमा भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी, छिन्नमस्तिका तथा सखडा माता भनेर पूजाआजा गरिन्छ । मूल मूर्ती अर्थात सखडेश्वरीको शिर नभएको कारण भक्तजनले ‘छिन्नमस्ता’ वा ‘छिन्नमस्तिका भगवती’ भनेर सम्बाधन गर्न थालिएको हो । यद्यपी मूर्तीको स्वरुप महिशमर्दिनी रहेको छ ।

प्रायःजसो बाह्रै महिना यहाँ नेपाल तथा भारतबाट श्रद्धालुभक्तजन आउने गर्दछन् । यद्यपी दशैंको दश दिनसम्म भक्तजनको घुइँचो लाग्ने गर्दछ । यहाँ भक्तजनले लड्डु, पेडा, नरिवल, श्रृङ्गार सामग्री चढाउने गर्दछन् । भाकल पुरा भएका भक्तजनले झाँप, चुनरी, द्रब्यका साथै बोका बली प्रदान गर्ने परम्परा स्थापित छ ।

समग्रमा, हिन्दू धर्मावलम्बीका लागि यो शक्तिपीठ महत्वपूर्ण मानिन्छ । समयक्रम तथा बढ्दो लोकप्रियतासँगै यो स्थल धामको रुपमा परिचित हुँदै गएको छ । प्रस्तुत छ  महासप्तमीका दिन खिचिएका १३ तस्वीर । शब्द तथा तस्विरः श्यामसुन्दर यादव/मधेश लाइभ

सप्तरीको छिन्नमस्ता भगवती शक्तिपीठ

Author:



क्याटोगरी छान्‍नुहोस