प्रधानमन्त्री कार्की समक्ष मधेशको बाढी र क्षतिबारे मुख्यमन्त्री सिंहको प्रस्तुति

काठमाण्डौ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको १९औँ बैठक मङ्गलबार सम्पन्न भएको छ ।

प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा बसेका बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले हालै प्रदेशमा आएको बाढीका कारण भएको व्यापक क्षति र उत्पन्न समस्याबारे विस्तृत जानकारी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री सिंहले बाढीका कारण प्रभावित क्षेत्रका बस्ती, सडक, पुल र खेतीपातीमा परेको नोक्सानी, जनधनको क्षति तथा जनजीवनमा परेको प्रभावको विवरण परिषद् बैठकमा राखेका छन् । प्रभावित परिवारहरूको तत्काल उद्धार, राहत वितरण, र दीर्घकालीन पुनःनिर्माणका योजनाबारे समेत मधेश प्रदेशका मुख्यमन्त्री सिंहले खाका प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री कार्कीले प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रहरूमा छिटो राहत र सुरक्षा उपाय सुनिश्चित गर्न निर्देशन दिएका छन् । बैठकमा परिषद्ले भविष्यमा यस्ता विपद् जोखिम न्यूनीकरण गर्न पूर्वतयारी र दिगो रणनीति विकास गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस