प्रदेश सांसद अभिषेक यादवमा कोरोना संक्रमण

राजविराज, २५ असोज । सप्तरी क्षेत्र नम्वर ४ (ख) का प्रदेश सांसद अभिषेक यादव कोरोना संक्रमित भएका छन् । उनी आफ्नो सामाजिक सञ्जालमा संक्रमणबारे सार्वजनिक गरेका हुन् ।

उनले रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए । आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गराउन उनले आग्रह पनि गरे ।

उनले लेखेका छन्–‘आदरणीय मित्रहरु तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु, मेरो रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था सामान्य छ, मसँग कन्ट्याक्टमा रहेका मित्रहरुलाई आग्रह तपाईं पनि आफ्नो टेष्ट यथासिघ्र गराउनुहोस् ।’

Author:



क्याटोगरी छान्‍नुहोस