राजविराज । सप्तरीको बोदेबर्साईन नगरपालिका–८ रजैपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको गए राति गोली हानी हत्या भएको छ ।
मन्दिरमा पूजाआजा गर्दै आएका ७० वर्षीय रामदुलार साहको शनिबार राति गोली हानी हत्या गरिएको हो। शनिबार राति करिब २ः१५ बजे मन्दिर नजिकै रहेको कुटी अगाडि बाटोमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ढाड पछाडिबाट हानिएको गोली नाईटो नजिकै छेडिएको छ । उनी घटनास्थलमै मृत फेला परेको स्थानीय वासिन्दाले बताएका छ्न् ।
प्रहरीका अनुसार घटनास्थलमा दुई थान खोका फेला परेको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।