छुट्टा–छुट्टै दुर्घटनाबाट तीन जनाको मृत्यु

सुनसरी, २६ असोज । सुनसरीको विभिन्न स्थानमा दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहा नर्सिङ १ स्थित राजमार्गमा प्रदेश न.२–०१–००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियाँलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते भएका सोकिलको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी आइतवार अपरान्ह सवा ४ बजे सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल, मोटरसाईकल चालक सिराहा लहानका १९ को नरेन्द्र कुमार दास र ट्याङकर , ट्याङकर चालक ईलामका २४ बर्षीय निरस हुमागाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आइतवार राती पौने १२ बजे सुनसरी भोक्राहानरसिंह–१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३८ बर्षिया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी ट्रकमै च्यापिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिईन । उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखिएको छ ।

यता ट्रक चालक सुनसरी लालपुर ४ का ३२ बर्षीय अनुप चौधरी घाइते भएकोमा उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस