निता थापा
आज बिहानको समाचारले मेरो मन स्तब्ध बनायो -चर्चित गायिका नितु पौडेल अब हामीबीच रहिनन्। यो खबरले नितुको परिवार, उनका शुभेच्छुक, र सम्पूर्ण नेपाली संगीत परिवारलाई गहिरो पीडा दिएको छ। जीवनभर गीतमार्फत मुटु छुने नितु आज आफैं मौन भइन्, यो वास्तवमै असह्य क्षण हो।
उनको मृत्युसँग चर्चित गायक बाबुल गिरी को नाम जोडिँदैछ। तर अहिले आरोप होइन, सत्य पत्ता लगाउने छानबिन आवश्यक छ। सत्य के हो — त्यो न्यायालय र अनुसन्धानले बताउनेछ।
तर यस घटनाबाट हामी सबैले एउटा गहिरो पाठ सिक्न जरुरी छ। कसैको प्रेममा परेर जीवन त्याग्नु कायरता हो, समाधान होइन। प्रेम, माया, विवाह — यी सबै दुईजनाको सहमति, समझदारी र विश्वासमा टेकेको सम्बन्ध हुन्।
यदि कसैले तिमीलाई माया गरेन भने त्यसको अर्थ यो होइन कि तिम्रो जीवनको मूल्य सकियो। जुन मानिस सँग तिमीलाई मन मिलेन, उसकै लागि मर्नु होइन, आफ्नो लागि बाँच्न सक्नु नै असली साहस हो। जीवनमा माया हुन्छ, धोका पनि हुन्छ। तर धोका पाएर जीवन अन्त्य गर्नु समाधान होइन — त्यो त अर्को गलत निर्णय हो जसले आफैंसँगै अरू धेरै हृदयहरू टुक्राउँछ।
माया नमिल्दा बाँच्न नसक्ने भन्दा पनि, फेरि उठेर आफूलाई प्रमाणित गर्ने मान्छे नै बलियो हुन्छ। कसैको नाममा आरोप लगाएर, अर्को मान्छेको जिन्दगी डामाडोल बनाउनु पनि अन्याय हो। प्रेममा धोका पाएर पनि आत्महत्या होइन — आफ्नो मूल्य, आफ्नो परिवार, आफ्ना सपना सम्झनुहोस्।
मरेर केही पाइँदैन, बरु बाँचेको जीवनले कहिल्यै नसोचिएको सफलता पाउँछ।
जीवन एक पटक मात्र मिल्छ — त्यसलाई दुखले होइन, आशाले अगाडि बढाऔँ।
नितु पौडेललाई श्रद्धाञ्जली।
र सबैलाई आग्रह —
प्रेममा हार मान्नु छैन, जीवनसँग कहिल्यै हार मान्नु छैन। Source: facebook
