करदाता सेवा कार्यालय सार्न लागेको भन्दै राजविराजमा प्रदर्शन

राजविराज । सरकारले सप्तरी जिल्लाबाट करदाता सेवा कार्यालय अन्यत्र सार्ने तयारी गरेको भन्दै विहीबार राजविराजमा प्रदर्शन गरिएको छ ।

सप्तरी उद्योग वाणिज्य संघको अगुवाइमा युवा, व्यवसायी, जेन–जी समूह र राजनीतिक दलका नेता–कार्यकर्ताले राजविराजमा प्रदर्शन गरेका हुन् । सरकारले षड्यन्त्रपूर्वक करदाता सेवा कार्यालय सार्न लागेको भन्दै सबैपक्षलाई आआफ्नो तवरबाट भूमिका निर्वाह गर्न सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले जानकारी दिए ।
उनका अनुसार सर्वपक्षीय बैठकको निर्णयअनुसार प्रदर्शन र एक घण्टा चक्काजाम गरिएको छ । प्रदर्शनमा ‘सप्तरी विरोधी सरकार मुर्दाबाद’ र ‘कर कार्यालय सार्न पाइदैन’ जस्ता नारासमेत लगाइएको थियो । उनीहरुले शुक्रवार बजार समेत बन्द गर्न आह्वान गरेका छन् ।
Author:



क्याटोगरी छान्‍नुहोस