जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता बिमल साहलाई पार्टीको केन्द्रीय समिति सदस्यमा चयन गरिएको छ ।
यसअघि पार्टीमा केन्द्रीय सल्लाहकारको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई पार्टीले केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले नव नियुक्त केन्द्रीय सदस्य साहलाई बधाइ एवम् शुभकामना दिँदै आगामी दिनमा थप सशक्त रुपमा पार्टीको हितमा काम गर्न आग्रह गरेका छन् ।
यता आफुले पाएको नयाँ जिम्मेवारीप्रति नेता साहले आभार प्रकट गर्दै पार्टी र जनताको हितका लागि पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी नेतृत्वले विश्वास गर्दै केन्द्रीय समिति सदस्यको जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिँदै जसपा नेपालको नीति, सिद्धान्त र लक्ष्यप्रति दृढ रहेर प्राप् जिम्मेवारीलाई इमानदारिता, निष्ठा र समर्पणका साथ पूरा गर्ने जनाएका छन् ।
उनले यसअघि सल्लाहकारका रूपमा प्राप्त अनुभवलाई आगामी कार्यकालमा मार्गदर्शक बनाउने बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन् “यो अनुभव प्रेरणादायी र शिक्षाप्रद रह्यो, अब केन्द्रीय सदस्यको रूपमा म समाज, पार्टी र राष्ट्रको हितमा निरन्तर सक्रिय रहनेछु, ।”
पार्टी स्रोतका अनुसार साहको सक्रियता, सरल व्यवहार र संगठनप्रतिको समर्पणले जसपा नेपाललाई अझ सुदृढ र एकीकृत बनाउने विश्वास गरिएको छ ।