राजविराज । जेन–जी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार एक कैदी पक्राउ परेका छन् ।
सप्तरीको बोदेवर्साइन नगरपालिका १, महनौरीका कामेश्वर मण्डललाई इलाका प्रहरी कार्यालय बोदेवर्साइनबाट खटिएको टोलीले शनिवार पक्राउ गरेको हो । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका उनलाई पक्राउ गरी राजविराज कारागार लगिएको छ ।
जबरजस्ती करणी मुद्दामा उनलाई तीन लाख रुपैयाँ जरिवाना र सात वर्ष कैद रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।