बलिउड अभिनेता धर्मेन्द्रको अवसान

राजविराज । बलिउडका प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको छ ।

विगत केही समयदेखि उनी विरामी रहँदैआएका थिए । उनको अन्त्येष्टिमा अमिताब बच्चन, आमिर खानलगायत बलिउडका दिग्गज कलाकारहरू अन्तिम संस्कारका लागि विले पार्लेस्थित पवन हंस श्मशान पुगेर श्रद्धाञ्जली दिएका छन् ।

भारतका एक दिग्गज र बहुप्रतिभाशाली फिल्म अभिनेता थिए उनी । उनलाई ‘ही–म्यान अफ बलिउड’ भनेर चिनिन्थ्यो । सन् १९३५ मा पंजाबको फगवाड़ामा जन्मिएका धर्मेन्द्रले १९६० देखि आफ्नो अभिनय यात्राको सुरुवात गरे । करिब पाँच दशकभन्दा बढी समयसम्म हिन्दी फिल्म उद्योगमा राज गरे ।
‘शोले’, ‘चुपके चुपके’, ‘फूल और पत्थर’, ‘यादों की बारात’ जस्ता सुपरहिट फिल्महरूबाट उनी बलिउडका सबैभन्दा क्षमतावान र बहुमुखी कलाकारका रूपमा स्थापित भए ।

पहिलो पत्नी प्रकाश कौरबाट दुई छोरा सनी देओल र बबी देओल छन् । दोस्रो पत्नी हेमामालिनीबाट दुई छोरी एषा र अहाना देओल छन् ।

धर्मेन्द्रले २००४ मा राजनीतिमा प्रवेश गर्दै लोकसभा सदस्यको रूपमा सेवा गरे । अभिनय, व्यक्तित्व र विनम्रताका कारण उनी तीन पुस्तामाझ उत्तिकै लोकप्रिय मानिन्थे । पद्मभूषण सहितका थुप्रै सम्मान प्राप्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस