करेन्ट लागेर एक युवाको मृत्यु

मोरङ, २८ असोज । मोरङ रतुवामाई–१० सातमेडीका २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु बेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस