मिनापको ४६औँ साधारणसभा आफ्नै भवनमा

जनकपुरधाम । देशकै वहुचर्चित एवम् प्रतिष्ठित जनकपुरधामको नाट्य संस्था मिथिला नाट्य कला परिषद् (मिनाप) को ४६औँ साधारणसभाको उद्घाटन शत्र शनिवार सम्पन्न भएको छ ।

जनकपुरधामस्थित योगेन्द्र–महेन्द्र नाट्य घरमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले मिनापले नाट्य क्षेत्रमा पुर्याउँदैआएको योगदान गौरवमय रहेको बताए । मिनापको अथक प्रयास र योगदानले जनकपुरधामको समेत गरिमा बढेको भन्दै आगामी दिनमा थप सशक्त भएर अगाडि बढ्न शुभकामना दिए ।

मिनापका अध्यक्ष प्रमेश्वर झा ‘प्रमेश’ को अध्यक्षतामा आयोजित कार्यक्रममा मिनापका महासचिव शैलेन्द्र मल्लिकले संस्थाको वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा नाटक, लोककला, भाषा–साहित्य तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा मिनापले खेलेको भूमिकाबारे जानकारी गराए ।

उक्त अवसरमा मिथिला तथा मैथिली लोककला, गीत, नाटक, भाषा–साहित्य र संस्कृतिको संरक्षण तथा विकासमा विशिष्ट योगदान पु¥याएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, पत्रकार वीरेन्द्र रमण, पत्रकार तथा कलाकार ज्योति झा छन् । यस्तै बाल कलाकार सीया ठाकुरलार्ई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रा. परमेश्वर कापडि, वरिष्ठ साहित्यकार एवम् विष्लेशक रोशन जनकपुरी, पूर्व अध्यक्ष सुनिल मल्लिक लगायतका वक्ताले मिनापले विगत चार दशकभन्दा बढी समयदेखि मैथिली नाटक र सांस्कृतिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै भावी पुस्तालाई कला र संस्कृतिसँग जोड्न संस्थाको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिए । साधारणसभाको उद्घाटन समारोह पश्चात बन्द सत्रबाट मिनापको नयाँ नेतृत्व चयन समेत हुने आयोजकले जनाएको छ ।

उद्घाटन शत्रको सञ्चालन साहित्यकार एवम् पत्रकार श्यामसुन्दर शशीले गरे ।

Pic. Pramod Chaudhary

Author:



क्याटोगरी छान्‍नुहोस