मावि खुरहुरियामा पूर्व विद्यार्थीहरुको निरन्तर सरसफाइ

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १, खुरहुरिया स्थित जनता माध्यमिक (प्राविधिक धार) विद्यालयमा बुधबार सरसफाइ कार्यक्रम आयोजना गरियो ।

पूर्व विद्यार्थी समाजद्वारा आयोजित दोस्रो कार्यक्रममा समितिका साथै युवाहरुले सहभागिता जनाएका छन् । समितिका सहसंयोजक केदार प्रसाद यादवका अनुसार पहिलो दिनको सरसफाइमा विद्यालयको फिल्डतर्फका काँडे रुखका हाँगा काट्नुका साथै छात्रावास अगाडिका झार उखेल्नुका साथै सफा गरिएको छ ।

सरसफाइ कार्यक्रममा पूर्व विद्यार्थी समाजका संयोजक श्यामसुन्दर यादव, सहसंयोजक केदार प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चितरन्जन यादव, कैलाश कुमार यादव, शिवकुमार यादव, देबेन्द्र कुमार यादव, धीरेन्द्र कुमार यादव लगायतले सहभागिता जनाएका छन् ।

सरसफाइ कार्यलाई निरन्तरता दिइने समितिका सदस्य कैलाश कुमार यादवले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस